समाचारआइतबार, भाद्र ३१, २०६९
दाहाललाई भ्रष्टाचार मुद्दा लगाउः नेपाल
एमाले मुख्यालय मदननगर बल्खुमा ३१ भदौमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले सरकारमा रहेर पूर्व लडाकूहरुको शिविरका नाममा अर्बौं रकम दुरुपयोग गरेकाले दाहाललाई भ्रष्टाचार मुद्दा लगाउनुपर्ने बताएका हुन । एमाओवादी अध्यक्ष दाहालको निर्देशनमा सरकारले संस्थागत रुपमै भ्रष्टाचार गरेको नेता नेपालको आरोप थियो ।
आगामी असोजमा हुने एमाले भेलाबारे निर्देशन दिने क्रममा वरिष्ठ नेता नेपालले पार्टीले संस्थागत रुपमै एकै ढंगबाट दलहरुबीच कुरा राखेर समस्याको समाधान गर्ने पहल गर्नुपर्नेमा जोड दिए । उनले संविधानसभा विघटनको विषयमा एमाओवादीले लगाएको आरोप चिर्न निर्णायक वार्ता गर्नुपर्ने बताए । नेता नेपालले चाँडै नै दलहरुबीच निर्णायक वार्ता गरेर गतिरोध अन्त्य गरिने उल्लेख गरे ।
