समाचारबुधबार, आषाढ १८, २०७१

ओलीबाट नेतृत्व हुन सक्दैन: घनश्याम भुषाल

हिमालखबर

अबको राजनीतिक विचार सामाजिक आर्थिक रुपान्तरणका लागि हुने भएकोले त्यसलाई कुनै गुटले अघि बढाउन नसक्ने भन्दै एमाले नेता घनश्याम भुषालले सबैलाई मिलाएर अघि बढ्न सक्ने नेता माधवकुमार नेपालको नेतृत्व जरुरी भएको दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा भुषालले विचार र नेतृत्वको तारतम्य नमिले पार्टी ध्वस्त हुने भन्दै केपी ओली समूहले विचारको नेतृत्व गर्न नसक्ने बताए ।

उनले अहिलेसम्मको सैद्धान्तिक र बैचारिक बहसले माधव कुमार नेपालको औचित्य पुष्टी गरिसकेको दाबी गरेका थिए ।

‘खनाल निर्विकल्प’
एमाले नेता एवम् संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भीम आचार्यले सबैलाई मिलाएर पार्टीलाई अघि बढाउन सक्ने नेता भएकोले झलनाथ खनालको नेतृत्वको विकल्प नभएको दावी गरे ।

आचार्यले पार्टी भित्र नेतृत्वलाई लिएर एक अर्का प्रति हिलो छ्याप्ने कामले पार्टीलाई ५४ सालकै विभाजनको अवस्थामा पु¥याउन खोजेको भन्दै पार्टीलाई बचाउन खनालको नेतृत्व आवश्यक रहेको तर्क गरे ।

उनले दावी गरे, “तपाईहरु सबै हेर्दै जानुस, महाधिवेशनको हलमा पुगेपछि महाधिवेशन प्रतिनिधिहरुले खनाललाई नै चयन गर्छन् ।”

‘ओलीले नै जित्ने’
केपी ओली समूहबाट सचिवका प्रत्यासी समेत रहेका नेता रघुवीर महासेठले माधव नेपाललाई यथास्थितिवादी एवम् भिजन र मिसन नभएको नेता भएको आरोप लगाए ।

माधवकुमार नेपाल नेतृत्वमा आए पार्टी ध्वशंको बाटोमा अघि जाने उनको भनाई थियो । उनले नेता नेपाललाई सक्रिय राजनीति छोड्न समेत सुझाव दिए ।

उनले ५४ जिल्लाका अध्यक्षहरुले प्रतिष्पर्धाको राजनीतिलाई बहिस्कार गरिसकेकोले सर्वसम्मतबाटै ओलीको नेतृत्व चयन हुने ठोकुवा समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>