समाचारबुधबार, आषाढ १८, २०७१
यातायातका कर्मचारीलाई निलम्बन गर्न सिफारिस
सवारी चालक अनुमतिपत्र कार्यालय एकान्तकुना ललितपुरमा कार्यरत कम्प्युटर अपरेटर दिलिपसिंह धामीलाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेखेको जानकारी दिएको छ ।
अपरेटर धामीले यातायात व्यवस्था ऐन, २०४९ विपरीत कम्प्युटर तथा विद्युतीय अभिलेख सच्याउने तथा थपघट गर्नुका साथै घुस लिई अनियमितता एवम् भ्रष्टाचारजन्य कार्य गरेको अनुसन्धानको क्रममा देखिन आएकाले निलम्बन गर्न पत्र पठाएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।
धामीलाई बहालमै राखी अनुसन्धान गर्दा आफूबिरुद्धका प्रमाण नष्ट गर्नुका साथै अनुसन्धानसमेतमा बाधा पु¥याउनसक्ने भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा ३ बमोजिम निलम्बन गर्न लेखी पठाइएको अख्तियारले जनाएको छ ।
