समाचारबुधबार, आषाढ १८, २०७१

प्रधानमन्त्रीको रेडियोथेरापी उपचार शुरु

हिमालखबर

फोक्सोमा देखिएको दाग (क्यान्सरको प्रारम्भिक लक्षण) देखिएपछि प्रधानमन्त्री सुशील कोइरालालाई अमेरिकाको न्युयोर्कस्थित क्यान्सर सेन्टरमा रेडियोथेरापी पद्दतीबाट उपचार शुरु गरिएको छ ।

प्रधानमन्त्री कोइरालासँगै रहेकी आफन्त मृदुला कोइरालाका अनुसार नियमित पाँच दिनसम्म रेडियोथेरापी गरिसकेपछि परीक्षण गर्दा सामान्य रिपोर्ट आयोे भने उनी केही दिनको आरामपछि स्वदेश फर्किनेछन् ।

अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा उपचाररत प्रधानमन्त्रीको अन्य स्वास्थ्य अवस्था भने सामान्य भएको मृदुलाले जानकारी दिइन् ।

कोइरालालाई लामो समयदेखि ‘ब्रोङ्काइटिस’ भएका कारण शल्यक्रिया नगरी रेडियोथेरापी विधि अपनाएर उपचार गरिन लागेको हो ।

प्रधानमन्त्री कोइराला स्वास्थ्योपचारका लागि २२ असारमा अमेरिका प्रस्थान गरेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>