समाचारबुधबार, आषाढ १८, २०७१
सरकारको नीति तथा कार्यक्रम पारित
व्यवस्थापिका संसदको १८ असारमा बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । १५ असारमा प्रस्तुत भएको नीति तथा कार्यक्रम माथि १७ र १८ असारमा छलफल भएको थियो ।
नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी एमाओवादीसहित नौ दलका १३ जना सांसदले ९५ वटा बुँदा र विषयमा संशोधन प्रस्ताव दर्ता गरेका थिए । बैठकमा सभामुख सुवास नेम्बाङले सरकारको नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनका प्रस्तावहरूलाई बेग्लाबेग्लै निर्णयार्थ प्रस्तुत गरेका थिए ।
ती प्रस्ताव बहुमतबाट अस्वीकृत भएका थिए । ध्वनिमतबाट ती अस्वीकृत भएका हुन् ।
संसदको अर्को बैठक १६ असार दिउँसो एक बजे बस्नेछ ।
रासस

