समाचारबिहीबार, आषाढ १९, २०७१

भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै

हिमालखबर

परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेको निमन्त्रणामा भारतका वैदेशिक मामिला मन्त्री सुषमा स्वराजले आगामी साउन ९ गतेदेखि ११ गतेसम्म नेपालका भ्रमण गर्ने भएकी छन् ।

स्वराजले नेपाल–भारत संयुक्त आयोगको साउन १० र ११ गते हुने तेस्रो बैठकमा भारतीय पक्षको नेतृत्व गर्दै आउन लागेकी हुन् ।

विदेश मन्त्रीस्तरको यो आयोग दुईपक्षीय सम्बन्धका बारेमा छलफल गरी दिशानिर्देश गर्न सन् १९८७ मा स्थापित संयन्त्र हो ।

नेपाल भ्रमणमा हुँदा भारतीय मन्त्री स्वराजले राष्ट्रपति, प्रधानमन्त्री, सभामुखका साथै विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री स्वराजको भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अगामी महिना हुने नेपाल भ्रमणको पूर्व तयारीका रुपमा पनि बुझिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>