समाचारबिहीबार, आषाढ १९, २०७१
नीर शाहको स्वास्थ्यमा सुधार
१४ असारमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका फिल्म निर्देशक नीर शाहको स्वास्थ्यमा सुधार आएपछि उनलाई आइसीयुबाट सामान्य बेडमा सारिएको छ ।
उनलाई झोलिलो खाना दिइएको र स्वास्थ्यमा क्रमिक सुधार आएको नीर शाह आफैंले बताएका छन् । अहिले चिकित्सकले शान्त रहन, अति जरुरी बाहेकका व्यक्तिलाई नभेट्न र खानपानमा विचार पुर्याउन सल्लाह दिएको पनि शाहले बताए ।
चिकित्सकका अनुसार शाहको विभिन्न परीक्षण जारी छ भने उनले अँझै केही दिन अस्पताल बस्नुपर्ने छ । उच्च रक्तचापका विरामी शाहलाई १४ असारमा बुढानिलकण्ठस्थित अाफ्नै निवासमा रहेका बेला हृदयघात भएपछि अस्पताल भर्ना गरिएको थियो ।
मिनरत्न बज्राचार्य

