समाचारबिहीबार, आषाढ १९, २०७१
नेपालको समृद्धि भारतको चाहना: जोली
जोलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अध्यक्ष राजनाथ सिंहको महाधिवेशन सफलताको शुभकामना सुनाउँदै नेपाल सशक्त र समृद्ध होस्, लोकतन्त्रमा बलियो होस् र यहाँको आर्थिक विकास होस् भन्ने पक्षमा भारत सदैव रहेको र वर्तमान सरकारको धारणा पनि त्यही रहेको स्पष्ट पारे ।
भारतीय प्रधानन्त्रीले भारत र नेपालबीचको मित्रता, सद्भावना र भाइचारा तथा रोजगारीको सन्देश दिएको उल्लेख गर्दै उनले नेपालमा नयाँ औद्योगिक क्षेत्र बन्न आवश्यक रहेको बताए ।
आर्थिक विकासका लागि ऊर्जाको विकास गर्नु पर्नेमा उनको जोड थियो ।
कार्यक्रममा भारतका विभिन्न कम्युनिस्ट पार्टीका प्रतिनिधि, नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत, कम्बोडिया पिपुल्स पार्टी, कम्युनिस्ट पार्टी अफ रसियन फेडरेसन, वर्कर्स पार्टी अफ बङ्गलादेशसहित टर्की, भियतनाम, प्रजग कोरिया, श्रीलङ्कालगायत मुलुकका पार्टीका प्रतिनिधिले शुभकामना दिएका थिए ।
रासस
