समाचारबिहीबार, आषाढ १९, २०७१

प्रतिभा पुरस्कार घोषणा

हिमालखबर

सरकारले १९ असारमा राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कारको घोषणा गरेको हो । सरकारले संस्कृति, सङ्गीत तथा नाट्य, ललितकला र भाषा तथा साहित्य गरी चार विधामा हरेकमा एक जना स्रष्टालाई राष्ट्रिय प्रतिभा पुरुस्कार र प्रत्येक विकास क्षेत्रबाट हरेक विधामा एक÷एक जना स्रष्टालाई क्षेत्रीय प्रतिभा पुरस्कार प्रदान गर्ने जनाएको छ ।

चारजना स्रष्टालाई राष्ट्रिय प्रतिभा तथा २० जना स्रष्ट्रालाई क्षेत्रीय प्रतिभा पुरस्कार प्रदान गरिने संस्कृति,पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय प्रतिभा पुरस्कार पाउनेमा प्रा.डा. श्रीराम प्रसाद उपाध्याय (सिरहा), अशेष मल्ल (धनकुटा), गेहेन्द्रमान सिंह अमात्य (काठमाडौ) र प्रा.डा. कपिलदेव लामिछाने (रुपन्देही) छन् । संस्कृति विधातर्फ उपाध्याय, नाट्य तथा संगीत विधातर्फ मल्ल, ललितकलातर्फ अमात्य र भाषा तथा साहित्यतर्फ लामिछानेलाई पुरस्का दिइने मन्त्रालयले जनाएको छ ।

यस्तै, सरकारले डा. पीताम्बरलाल यादव पीताम्बरलाल यादव (सप्तरी), फुर्पा तामाङ (रसुवा), मोतीलाल पराजुली (कास्की), डा. गोविन्द आचार्य (दाङ), डा. बद्रीप्रसाद शर्मा (कैलाली), अशोक ुमार राई (ताप्लेजुङ्ग), चन्द्रमान मुनिकार (काठमाडौं), शिवा आले (गुल्मी), कविराज कार्की (मुगु), लालबहादुर थापा (बाजुरा), संजय राई बान्तवा (उदयपुर), सुषमा राजभण्डारी (काठमाडौ) लाई क्षेत्रीय प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ ।

क्षेत्रीय प्रतिभा पुरस्कार पाउनेमा नारायणबहादुर गुरुङ (कास्की), संगीता चौधरी (बर्दिया), प्रेमकला राना थारु (कैलाली), पुण्यप्रसाद खरेल (झापा), पीतम्बरा उपाध्याय घिमिरे (काठमाण्डौं), रामप्रसाद पन्त (गुल्मी), गिरीराज शर्मा (दाङ) र डा. हर्कबहादुर शाही ( अछाम) छन् ।

पुरस्कार २९ असार भानु जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरिने समारोहमा प्रदान गरिने छ । राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गर्ने प्रत्येक स्रष्टालाई रु.१ लाख नगद र सम्मानपत्र तथा क्षेत्रीय प्रतिभा पुरस्कार प्राप्त गर्ने प्रत्येक स्रष्टालाई रु.५० हजार नगद र सम्मान पत्र प्रदान गरिने मन्त्रालयले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>