समाचारशुक्रबार, आषाढ २०, २०७१

इराकमा फसेकाको उद्धार खर्च सरकारले ब्यहोर्ने

हिमालखबर

मन्त्रिपरिषद्को २० असारमा बसेको बैठकले इराकमा फसेका नेपाली नागरिकको उद्धारमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिंदै सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले भने, “यस कार्यका लागि परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनप्रसाद मैनालीको नेतृत्वमा एक टोली इराक पठाइसकिएको छ ।”

सरकारले पत्रपत्रिकालाई प्रदान गर्ने लोककल्याणकारी विज्ञापनमा विगत चार/पाँच वर्षदेखि करकट्टा नगरी वितरण गरिँदै आएको र आर्थिक वर्षको अन्त्यमा त्यसको कर कट्टा गर्न सम्भव नभएकाले त्यसमा देखिने बेरुजु मिनाहा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले दिगो सहरी विकासका लागि संयुक्त राष्ट्र मानव बस्ती कार्यक्रमबाट रु ९४ करोडको अनुदान लिने र खानेपानीका लागि विश्व बैंकबाट रु छ अर्ब सहायता लिने निर्णय गरेको प्रवक्ता रिजालले बताए ।

त्यसैगरी सरकारले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट अढाई अर्ब लिन वार्ता टोली गठन गर्ने निर्णय गर्नुका साथै नियमित सामान्य प्रकृतिका विदेश भ्रमण, सरुवा बढुवासम्बन्धी निर्णय गरेको छ ।

प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि संयुक्त राज्य अमेरिका गएकाले प्रधानमन्त्रीको कार्यभार सम्हालेका उपप्रधानमन्त्री वामदेव गौतमको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>