समाचारसोमबार, आश्विन १, २०६९
खराब मौसमले उडान प्रभावित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक ड्युटी कार्यालयका अनुसार अहिले काठमाडौँबाट विराटनगर, पोखरा, सिमरा, तुम्लिङ्टार, भरतपुरलगायतका क्षेत्रका उडानहरु अवरुद्ध भएका छन् ।
खराब मौसकका कारण काठमाडौँबाट पोखरा जान लागेका प्रधानमन्त्री बाबुराम भट्टराई पनि विमानस्थलमै छन् । १ असोजका लागितय भएका उडान स्थगन गरिएको भएपनि हालसम्म कुनैपनि विमानको उडान रद्द गरिएको छैन । मौसम सफा हुने बित्तिकै उडानहरु सुचारु हुनेछन् ।
काठमाडौँबाट हुने अन्तर्राष्ट्रिय उडान भने प्रभावित भएका छैनन् । रासस
