समाचारशनिबार, आषाढ २१, २०७१
नेविसंघको महाधिवेशन भदौमै गर्न निर्देशन
२१ असार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले नेविसंघले प्रस्ताव गरेको मिति महाधिवेशन २९–३१ भदौलाई अनुमोदन गर्दै उक्त मितिमै महाधिवेशन सम्पन्न निर्देशन दिएको छ ।
लामो समयदेखि महाधिवेशन हुन नसकेको नेविसंघमा गुटबन्दीका कारण तोकिएको मिति पनि पटकपटक सर्दै आएको छ । पछिल्लो पटक जेठ अन्तिम सातामा हुने भनिएको महाधिवेशन तयारी नपुगेको भन्दै रोकिएको थियो ।
सभासदलाई ५ करोड दिलाउन पहल गर्ने
नेपाली कांग्रेस पदाधिकारी बैठकले प्रत्येक निर्वाचन क्षेत्रमा विकास कार्यका लागि ५ करोड रुपैयाँ छुट्याउन पार्टीको तर्फबाट पहल गर्ने निर्णय समेत गरेको छ ।
बैठकले प्रत्येक निर्वाचन क्षेत्र विकास अन्तर्गत सभासदलाई ५ करोड रुपैयाँ दिनुपर्ने प्रस्ताव कार्यान्वयनका लागि पहल गर्ने निर्णय गरेको महामन्त्री प्रकाशमान सिंहले बताएका छन् ।
सभासदहरुको माग अनुरुप ५ करोड दिनुपर्ने प्रस्ताव सकरात्मक भएको भन्दै २० असारमा बसेको कांग्रेस संसदीय दलको बैठकले निर्वाचन क्षेत्र विकासका लागि प्रत्येक सभासदलाई रु. ५ करोड दिनुपर्ने प्रस्ताव पारित गरेको थियो ।
