समाचारआइतबार, आषाढ २२, २०७१
नेदरल्याण्ड्स सेमिफाइनलमा अर्जेन्टिनासँग भिड्ने
ब्राजिलमा जारी विश्वकप फुटबलको चौथो क्वार्टर फाइनलमा नेदरल्याड्स र कोस्टारिकाबीच भएको खेलको अतिरिक्त समयमा समेत दुबै पक्षले कुनै गोल गर्न नसकेपछि पेनाल्टी शुटआउटमा कोस्टारिकालाई ४–३ ले हराउँदै नेदरल्याड्स सेमिफाइनलमा पुगेको छ ।
पेनाल्टी शुट आउटका क्रममा नेदरल्याण्डसका भान पर्सी, आर्जेन रोबेन, श्नाइडर र कुयटले गोल गरे । कोस्टारिकाका लागि बोर्गेस, गोन्जालेज र बोलानोसले गोल गरे तर रुइज र युमानाले भने गोल गर्न सकेनन् ।
पहिलो सेमिफाइनल नेपाली समयअनुसार २४ असार राति १:४५ बजे ब्राजिल र जर्मनी भिड्ने छन् भने दोस्रो सेमिफाइनल २५ असार राति नेदरल्याड्सले अर्जेन्टिनाको सामना गर्नेछ ।

