थप समाचारआइतबार, आषाढ २२, २०७१
भारतमा पुरिएर चार नेपालीको मृत्यु
भारत, हिमाञ्चल प्रदशेको किनोर जिल्लास्थित पन्नीखोलामा विद्युत् पावरहाउसको माथिल्लो भागको पर्खाल भत्किँदा जाजरकोट डाँडागाउँ–३ चिउरीका २२ वर्षीय पृथ्वी चनारा र १९ वर्षीय मनबहादुर चनारा १९ असारमा मृत फेला परेका थिए भने २१ असारमा १७ वर्षीय कविराज चनारा र १८ वर्षीय ज्वाला चनाराको शव फेला परेको छ ।
पावरहाउसको जग पुर्ने क्रममा माथि सडक भत्किएपछि एक्कासि आएको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको प्रत्यक्षदर्शी परवीर चनाराले बताएका छन् ।
मृतकहरू एउटै गाउँका दाजुभाइ हुन् र उनीहरू भारतको आस्था कम्पनीमार्फत गत जेठको पहिलो सातादेखि विद्युत् पावरहाउसमा मजदुरी गर्दै आएका थिए ।
रासस
