समाचारआइतबार, आषाढ २२, २०७१
एमालेमा प्रतिनिधि मनोनयन हुने सम्भावना न्यून
काठमाडौंमा जारी एमाले महाधिवेशनमा मनोनीत प्रतिनिधिबिना नै बन्दसत्र शुरु भएको छ भने स्थायी कमिटीमा सहमति हुने स्थिति देखिएको छैन । एमाालेका सचिव विष्णुप्रसाद पौडेलका अनुसार बन्दसत्र जारी रहेकाले त्यसबारे अब निर्णय हुने सम्भवाना कम छ ।
बन्दसत्रमा निर्वाचित र आयोजक गरी दुई हजार १७७ प्रतिनिधि छन् । त्यसको पाँच प्रतिशतले हुन आउने १११ प्रतिनिधि मनोनयन गर्न सकिने पार्टीको विधानमा उल्लेख छ ।
अध्यक्षका प्रत्याशी वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओली समूहबीच भागबन्डा नमिलेका कारण मनोनयन हुन नसकेको बुझिएको छ ।
रासस
