थप समाचारसोमबार, आषाढ २३, २०७१

डेङ्गु नियन्त्रण गर्न समन्वय समिति

हिमालखबर

जिल्ला जनस्वास्थ्य कार्यालय झापाको समन्वयमा दमकमा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागितामा डेङ्गु रोग नियन्त्रण समन्वय समिति गठन भएको छ । दमक नगरपालिकाका सामाजिक विकास अधिकृत डम्बर बरालको संयोजकत्वमा समिति गठन भएको हो ।

समितिले स्थानीयस्तरमा डेङ्गु रोग नियन्त्रणविरुद्ध समुदाय आधारित विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोलर वेदराज घिमिरले बताए ।

दमकमा अघिल्लो वर्ष डङ्ेगु रोगबाट ५८ जनामा सङ्क्रमण फेला परेको थियो । जिल्लाका दमक, बिर्तामोड र काँकडभिट्टासहितका स्थान डेङ्गु जोखिम क्षेत्र भएकाले रोग भित्रिन नदिन त्यस्तो पहल थालिएको हो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>