समाचारसोमबार, आषाढ २३, २०७१

संविधानसभामा नरहेका दलसँग छलफल

हिमालखबर

संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहतको उपसमितिले संविधानसभा बाहिर रहेका १२ दलसँग छलफल गरेको हो । २३ असारमा भएको बैठकमा ४२ दललाई बोलाइए पनि १२ दल मात्रै उपस्थित रहेको उपसमितिका सदस्य अशोक राईले जानकारी दिए ।

उनले संविधानसभा निर्वाचनमा सहभागी भएका तर प्रतिनिधित्व हुन नसकेका साना दलहरुको लिखित राय सुझाव सङ्कलनका लागि छलफल गरिएको बताए । उनले भने, “सङ्कलित सुझाव सम्पादन गरी मूल समितिमा पेस गरिने र त्यहाँ छलफल गरी टुङ्गो लगाइनेछ ।”

संविधानसभा बाहिरका दलको सहभागिता हाल संवादबाट शुरु भएको र आगामी दिन राजनीतिक सम्मेलन वा प्राथमिक मस्यौदामाथि जनतामाझ हुने छलफलका माध्यमबाट पनि सहभागिता गराइने उनले जानकारी दिए ।

बैठकमा उपस्थित दलहरुले आ–आफ्नो दलको घोषणापत्रअनुसार सङ्घीयताबारे धारणा राखेको छलफलमा सहभागी शान्ति पार्टी नेपालका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । बैठकमा सबै दलको राय सङ्कलन गर्न बाँकी रहेकाले २४ असारमा पनि बैठक बस्ने छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>