समाचारमंगलबार, आषाढ २४, २०७१
‘प्रेस स्वतन्त्रताविरोधि कानून बन्दैन’
कांग्रेसका महामन्त्री समेत रहेको उपप्रधानमन्त्री प्रकाशमान सिंहले २४ असारमा काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले लोकतान्त्रिक संविधान बनाउने संविधान सभाले प्रेस स्वतन्त्रतालाई बन्देज लगाउनै नसक्ने दाबी गरेका छन् ।
उनले भने, “तपाईंहरु ढुक्क हुनुहोस्, प्रेस स्वतन्त्रता कुन्ठित हुनेगरी कुनै विल आए संविधान सभाले त्यसलाई अस्वीकार गर्छ।”
सिंहले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत २४० वटै निर्वाचन क्षेत्रमा रु पाँच करोड विनियोजनका लागि सांसदहरुले माग गरिरहेको भन्दै, यस विषयलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताए ।
“६०१ सभादलाई नै ५ करोड दिने होइन, एउटा निर्वाचन क्षेत्रमा पाँच करोडको कुरा आएको छ।” उनले भने, “बजेटमा त्यसलाई कसरी समेट्ने भन्ने अझै टुंगो लागेको छैन ।”
महाधिवेशन अर्को वर्ष
सिंहले पार्टीको १३औं महाधिवेशन एक वर्षपछि मात्र हुने बताए। उनले केन्द्रीय समितिको बैठकले वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप गर्ने पनि जानकारी दिए ।
सिंहले एक वर्षभित्रमा संविधानसभाबाट संविधान जारी गर्नु नै वर्तमान सरकारको प्रमुख काम भएको भन्दै एक वर्षभित्रमा संविधान जारी गर्न तयार भएको कार्यतालिकाअनुरुप काम भइराखेको बताएका थिए ।
