समाचारमंगलबार, आषाढ २४, २०७१

अत्याधिक बहुमतले जित्छु: नेता नेपाल

हिमालखबर

एमाले वरिष्ठ नेता नेपालले अध्यक्ष झलनाथ खनालसहित सिङ्गो पार्टीको समर्थन आपूmतिर भएकाले अत्याधिक बहुमत आउने दावी गरेका हुन् । महाधिवेशनस्थलमा २४ असारमा पत्रकारसँग कुरा गर्दै उनले अध्यक्ष खनालले प्रस्तुत गरेको दस्तावेजमा आफ्नो पक्षको विचार समेटिएकाले पनि आफू अत्याधिक मत ल्याएर अध्यक्षमा विजयी हुने बताए ।

“महाधिवेशनका १९ वटा समूहगत छलफलले पनि हामीलाई उत्साहित बनाएको छ,” उनले भने, “पार्टी अध्यक्ष खनालले प्रस्तुत गर्नुभएको दस्तावेजबाट सबै प्रतिनिधिलाई सन्तोष मिलेको छ, यसमा मेरो समूहको विचार परेको छ, यसले गर्दा हाम्रो समूहको विजयी सुनिश्चित छ ।”

पार्टीको लक्ष्यअनुसार एमालेलाई नयाँ उचाइमा पुर्‍याउन युवा नेतृत्वको कार्यसमिति बन्ने र यसबाट एमाले नवाँैं महाधिवेशन सिङ्गो वामपन्थी इतिहासमा कोसेढुङ्गा साबित हुने उनले धारणा राखे । उनले अध्यक्ष खनालको समूहसहितका कार्यकर्ता आफ्नो पक्षमा आउने बताउँदै आफ्नो समूह सक्षम, योग्य र मुलुक हाँक्ने सक्ने भएको जिकिर गरे ।

महाधिवेशनमा निर्वाचनका समयमा पक्ष र विपक्ष हुनु स्वाभाविक हो भन्दै नेपाली राजनीतिमा एमालेले अरुका लागि समेत उदाहरणीय संस्कार सिकाउनुपर्नेमा उनले जोड दिए । “पार्टीमा नेतृत्व हस्तान्तरणको कुरा भइरहेको छ, तर अब पुस्तान्तरण हुन मात्रै बाँकी रहेको छ,” उनले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>