समाचारबुधबार, आषाढ २५, २०७१

एमाले महाधिवेशनः मुखपत्र वितरणमा विवाद

हिमालखबर

प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली प्रधान सम्पादक र सचिव सूर्य थापा सम्पादक रहेको एमालेको मुखपत्र ‘उद्घोष’ वितरण गरिरहेका स्वयम् सेवकलाई वरिष्ठ नेता माधवकुमार नेपालका भाइ सरोज उपाध्यायले पत्रिका एकपक्षीय भएको भन्दै वितरणमा रोक लगाउन भनेपछि महाधिवेशनस्थलमा विवाद भएको छ ।

उपाध्यायले पत्रिकामा नेता नेपालको तस्वीर प्रकाशन नभएकाले एकपक्षीय भएको दाबी गरेका थिए । त्यसपछि मञ्च व्यवस्थापन उपसमितिका संयोजक विनोद श्रेष्ठ र सुरक्षा व्यवस्थापन उपसमितिका सहसंयोजक रामनाथ ढकालले पत्रिका वितरणमा रोक लगाउनुपर्ने कारण नरहेको जवाफ दिएका थिए ।

पत्रिकामा महाधिवेशन उद्घाटनका तस्वीर, महाधिवेशन तयारीका गतिविधि र महाधिवेशन प्रतिनिधिका सूचीलगायतका सामग्री छन् । विवाद बढ्ने स्थिति भएपछि सबै पत्रिका अध्यक्ष मण्डलको जिम्मामा राखिएको छ ।

अध्यक्ष मण्डलले निर्णय गरेपछिमात्रै पत्रिका वितरण हुनेछ । एमालेको नियमित मुखपत्र ‘नवयुग’ यसअघि नै वितरण भइसकेको छ ।

बन्दसत्रमा जारी आचारसंहिताअनुसार एकपक्षीय मानिने पत्रिका र सामग्री वितरण निषेध गरिएको छ । पार्टी निकटकै मानिने बुधबार, दृष्टि जस्ता साप्ताहिक पत्रिका पनि वितरणमा रोक लगाइएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>