समाचारमंगलबार, आश्विन २, २०६९
दलहरुले पहिलो विकल्पको रुपमा संविधानसभा पुनःस्थापनामा सहमति जुटाउने
२ असोजको बैठकमा प्रमुख दल एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पहिलो विकल्पको रुपमा संविधानसभा पुनःस्थापनालाई बनाएका हुन् । प्रमुख दलबीच संविधानसभा पुनःस्थापनामा सहमति जुटाउने नभए मात्रै नयाँ निर्वाचनमा जाने विषयमा छलफल गर्ने माओवादी प्रवक्ता अग्नि सापकोटाले बताए । सापकोटाले ३ असोजसम्म संविधानसभा पुनःस्थापनामा सहमति जुटाउने जानकारी दिए ।
३ असोजसम्म संविधानका विवादित विषयमा सहमति भएमा थोरै समयका लागि संविधानसभा पुनःस्थापना गर्न सकिने सहमति भएको उनले बताए । दलहरुबीच सरकार नेतृत्वका विषयमा पनि छलफल भएको छ । संविधानसभा पुनःस्थापना भएर विवादित विषयमा सहमति भए कांग्रेसको नेतृत्वमा सरकार बन्ने तर नयाँ निर्वाचनमा जाने अवस्थामा भने कांग्रेस नेतृत्व स्वीकार्न नसकिने माओवादी नेता अमिक शेरचनले बताए ।
