थप समाचारबुधबार, आषाढ २५, २०७१
भाजपा अध्यक्षमा अमित शाह
भाजपा संसदीय बोर्डको बैठकले पार्टीको अध्यक्षमा प्रधानमन्त्री नरेन्द्र मोदीका नजिक मानिने अमित शाहलाई अध्यक्ष बनाउने प्रस्तावको अनुमोदन गरेको छ ।
शाहको कार्यकाल निवर्तमान अध्यक्ष राजनाथ सिंहको बाँकी कार्यकाल (करिब डेढ वर्ष) को हुनेछ ।
भाजपा संसदीय बोर्डको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री राजनाथ सिंहले आफूले अध्यक्ष पदबाट राजीनामा गरेको र शाहलाई नयाँ अध्यक्षमा चयन गरेको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी, वरिष्ठ नेता लालकृष्ण अडवाणी, नेताहरु सुषमा स्वराज, अरुण जेट्ली, नितिन गडकरी र मुरली मनोहर जोशी लगायतका नेताहरुको सहभागिता थियो ।
उत्तर प्रदेशमा भाजपाले ७३ स्थानमा विजय हासिल गर्नुको श्रेय अमित शाहलाई दिंदै उनलाई अध्यक्षमा चयन गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आफूले गृहमन्त्रीको कार्यभार सम्हालेका बेला पार्टी अध्यक्ष पदबाट राजीनामा दिनु स्वभाविक भएको भन्दै सिंहले पार्टीले सर्वसम्मतिले अमित शाहलाई अध्यक्षमा नियुक्त गरेको बताए । उनले भने, “आज र अहिले बाटै अमित शाह भाजपा अध्यक्ष हुनु भएको छ ।”
विभिन्न सञ्चारमाध्यमहरु
