समाचारबुधबार, आषाढ २५, २०७१

भरतमोहन अधिकारीले राजनीतिबाट सन्यास लिए

हिमालखबर

एमालेको काठमाडौंमा जारी महाधिवेशनमा एमाले स्थायी कमिटी सदस्य भरतमोहन अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् ।

७८ वर्षीय अधिकारी पटकपटक गरी अर्थमन्त्री, श्रम तथा यातायात र न्याय, कानून तथा संसदीय व्यवस्था मन्त्री भइसकेका छन् ।

मोरङ क्षेत्र नं २ बाट तीन पटक प्रतिनिधिसभा सदस्य समेत भएका अधिकारी वर्तमान संविधानसभामा समानुपातिकतर्फका सदस्य हुन् ।

नवौं महाधिबेशनको बन्द सत्रमा छलफल भइरहेको एमालेको प्रस्तावित विधान अनुसार पनि ७० वर्ष पुगेपछि पार्टीको कार्यकारी पदबाट बिदा लिनुपर्ने व्यवस्था छ ।

एमालेको आठौं महाधिवेशनबाट नेता मोदनाथ प्रश्रितले पनि सक्रिय राजनीतिबाट बिदा लिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>