थप समाचारबिहीबार, आषाढ २६, २०७१
६ थान चितुवाको छाला बरामद, एक पक्राउ
घोराही नगरपालिका–७ तुरुन्तपुरका गौप्रकाश पुन र प्रेमबहादुर बुढाको घरबाटबाट प्रहरीले ५ थान चितुवाको छाला र एक थान हिमचितुवाको छाला बरामद गरेको छ ।
छालासहित गौप्रकाश पुन पक्राउ परेका छन् भने प्रेमबहादुर बुढा फरार रहेको वडा प्रहरी कार्यालय घोराहीले जनाएको छ ।
दुबै जनाले रोल्पाको घर्तीगाउँबाट चितुवाको छाला ल्याएको र स्थानीय स्तरमै बिक्री गर्न खोजेको पुनले बयान दिएका छन् ।
पक्राउ परेकालाई बन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत कारवाहीका लागि जिल्ला वन कार्यालयमा बुझाईएको छ ।
देविका घर्ती मगर, दाङ

