समाचारबिहीबार, आषाढ २६, २०७१
नेता नेपाल पक्षको प्यानल घोषणा
एमाले वरिष्ठ नेता नेपाल पक्षले राजधानीको एक पार्टी प्यालेसमा २६ असार बिहान पदाधिकारीका लागि आफ्नो पक्षाका उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
नेपाल पक्षले उपाध्यक्षमा लालबाबु पण्डित, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावललाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।
यस्तै, महासचिवमा सुरेन्द्र पाण्डे उप–महासचिवमा घनश्याम भुषाल र रघु पन्तको उम्मेदवारी घोषणा भएको छ भने सचिवमा भीम आचार्य, बेदुराम भुषाल, गोकर्ण बिष्ट र योगेश भट्टराई उम्मेदवार हुने भएका छन् ।
यो समूहबाट १ उपाध्यक्ष र १ सचिवको नाम भने घोषणा गरिएको छैन । उम्मेदवारी मनोनयनका बेला अन्य नामहरु टुंगो लगाउने बताइएको छ ।
कार्यक्रममा वरिष्ठ नेता नेपालले महाधिवेशनमा देखिएको पक्ष–विपक्षको अवस्थालाई अन्त्य गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजाने बताए ।
महाधिवेशनमा अध्यक्ष पदका अर्का प्रत्यासी केपा शर्मा ओली पक्षले पनि प्यानल घोषणाको तयारी गर्दैछ । २५ असारमै प्यानल घोषणा गर्ने तयारी भइरहेको ओली पक्षले जनाएको छ ।
