थप समाचारबिहीबार, आषाढ २६, २०७१
छोराछोरी नहरमा डुबाउने सौतेनी आमा पक्राउ
दाङ्को लालमटिया–४ कटेज नालाकी रिता कुमालले सौतापट्टीका ९ वर्षीया छोरी र ६ वर्षीय छो।रालाई हत्या गर्ने उद्देश्यले राप्ती नदीको नहरमा डुबाउन थालेको देखेपछि स्थानीले उद्धार गरेका छन् । उनीहरुलाई नहरमा धकेलेर भागेकी रितालाई प्रहरीले पक्राउ गरेको छ ।
रिताले श्रीमान् बलबहादुर कुमाल घर नभएको मौका छोपी २५ असारमा बालबालिकालाई नहरमा डुबाएको खेतमा काम गरिरहेका स्थानीयले देखेपछि तुरुन्तै उद्दार गरेका थिए ।
बलबहादुर कुमालले दुई सन्तानकी आमा पार्वतीको मृत्युपछि कान्छी श्रीमतीको रुपमा रितालाई भित्र्याएका थिए ।
नहर नजिककै खेतमा काम गरिराखेका किसानहरु देवीराम सुवेदी, जेदुराम पौडेल र खुशीलाल चौधरीले बच्चाहरुलाई नहरमा धकेलेर रिता भागेको देखेपछि दौडेर गई उद्धार गरेको बताएका छन् ।
रितालाई ज्यान मार्ने उद्योग अन्तरगतको मुद्दामा कारबाही हुने दाङका प्रहरी उपरीक्षक शरदकुमार खत्रीले बताएका छन् ।
