थप समाचारशुक्रबार, आषाढ २७, २०७१
एम्बुलेन्स दुुर्घटनामा आठ घाइते
विद्रोही गिरी, नवलपरासी
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको डण्डामा २७ असार बिहान एम्बुलेन्स दुर्घटना भएको हो । कपिलबस्तुबाट भरतपुरतर्फ जाँदै गरेको ना २ ख २४६ नम्बरको एम्बुलेन्स दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी कपिलबस्तु कजरहवा–४ का महोमद असिफ, भैवु आलाम, शसीसलाम मुसलवान, सुन्द्रास हुसेन, हडलर निसाद , कीतामुनी निसा सहित ८ जना घाइते भएका छन् ।
उनीहरुको चितवनको भरतपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कावासोतीका डीएसपी वामदेव गौतमले जानकारी दिए । प्रहरीले तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने जनाएको छ ।
