समाचारशुक्रबार, आषाढ २७, २०७१
एमाले महाधिवेशनः मतदान शुरु
बिहान ८ बजेदेखि हुने भनिएको मतदान कार्यक्रम मतपत्र छपाईमा ढिलो भएपछि साँझ ५ बजेबाट मात्रै शुरु भएको हाे । मतदानमा पहिलो मत अध्यक्ष झलनाथ खनालले खसाले ।
यसपटकको महाधिवेशनमा अध्यक्ष पदका लागि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओली प्रतिष्पर्धामा छन् । दुवै नेता आ-आफ्ना प्यानलको घोषणासहित प्रतिष्पर्धामा उत्रेका छन् मतपत्र पनि समूह छुट्टयाएरै छापिएको छ ।
अहिलको जस्तो गुटबन्दी यसअघि नदेखिएको भन्दै यसले पार्टी एकता खलबलाउने धेरै महाधिवेशन प्रतिनिधिहरुले बताएका छन् ।
