समाचारशुक्रबार, आषाढ २७, २०७१
समूहगत उम्मेदवारी दुर्भाग्यपूर्णः खनाल
एमालेको जारी महाधिवेशन अन्तर्गत नेतृत्वका लागि भएको मतदानपछि प्रतिक्रिया दिँदै अध्यक्ष झलनाथ खनालले आफूले सहमतिको प्रयास गरे पनि विफल भएको बताएका छन् ।
मतदान हुनुभन्दा केही अघिसम्म पनि अध्यक्षका प्रत्याशी दुई नेतासँग आफूले कुराकानी गरेको जनाउँदै खनालले कम्युनिस्ट पार्टीमा समूहगत निर्वाचन उचित नभएको बताए । यद्दपी लोकतान्त्रिक अभ्यासमा निर्वाचनाको विकल्प भने नभएको खनालको भनाइ थियो ।
यसैगरी अध्यक्षका प्रत्याशीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओलीले प्रतिक्रिया दिँदै आफू विजयी हुने दाबी गरेका छन् ।
मतदानमा दुई हजार १७६ प्रतिनिधिले भाग लिँदैछन् । केन्द्रीय निर्वाचन आयोगले बेलुकी ९ बजेभित्र मतदानस्थल भृकुटीमण्डपमा प्रवेश गर्न मतदातालाई सूचना गरेको छ ।
