समाचारशनिबार, आषाढ २८, २०७१

मतगणना आइतबार विहानदेखि शुरु हुने

हिमालखबर

एमाले महाधिवेशनमा नेतृत्वका लागि भएको निर्वाचन २७ असार राति सम्पन्न भएपछि २८ असार विहानदेखि गर्ने भनिएको मतगणना अब २९ असार विहान ८ बजेदेखि मात्रै हुने भएको छ ।

गणनाका लागि नेपाल समूह र ओली समूहबीच कुरा नमिल्दा ढिलाई भएको बुझिएको छ ।

निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीले दुवै पक्षका नेताहरुसँग छलफल गरी २९ असार विहानदेखि मतगणना शुरु गर्ने सहमति भएको जानकारी दिए ।

——————————————————————————————————————————–

एमालेको मतगणना फेरि सर्‍यो

नेकपा एमालेको नवौँ महाधिवेशनको निर्वाचनको मतगणना अपराह्न ५ बजेदेखि मात्रै हुने निर्वाचन आयोगले जनाएको छ ।

शनिबार , २८ असार २०७१ ३:०२ पम

यसअघि २८ असार अपराह्न ३ बजेबाट मतगणना शुरु गरिने बताइएको भए पनि तयारी नपुगेको भन्दै मतगणना कार्यक्रम ५ बजेसम्मका लागि सारिएको सोमनाथ प्यासीले जानकारी दिए ।

यसअघि मतगणनाको समय सरेको यो दोस्रो पटक हो । पहिले  दिउँसो १२ बजेदेखि शुरु हुने भनिएको ३ बजेदेखि हुने एमालेले जनाएको  थियो ।

२७ असार साँझबाट शुरु भएको मतदान राति २:४५ बजे सम्पन्न भएको र निर्वाचन आयोगका पदाधिकारी र उम्मेदवारको सल्लाहमा

मतगणना गर्दा पहिला पदाधिकारीबाट प्रारम्भ गरिने उनले बताए । मतगणना राष्ट्रिय सभागृह वा त्रिपुरेश्वरको दशरथ रङ्गशाला कुन स्थानमा गर्ने भन्ने विषयमा बिहान ११ बजे उम्मेदवार र आयोगबीचको छलफलपछि टुङ्गो लागेको हो ।

नयाँ नेतृत्व चयन गरिने मतदान प्रक्रियामा दुई हजार १५२ जना प्रतिनिधिले भाग लिएका थिए । कुल दुई हजार १७६ प्रतिनिधि रहेको एमालेमा २४ प्रतिनिधि मतदान गर्न उपस्थित भएनन् ।

एक सय ५९ सदस्यीय केन्द्रीय कमिटीका लागि माधवकुमार नेपाल र केपी शर्मा ओली समूहले समूहगत प्रतिस्पर्धा गरेका छन् । यस्तै केन्द्रीय निर्वाचन आयोग, लेखा परीक्षण आयोग र अनुशासन आयोगका पदाधिकारीको पनि निर्वाचन एकैसाथ गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>