समाचारआइतबार, आषाढ २९, २०७१
जातीयताको नाममा नेपालीलाई विभाजन गर्न पाइँदैनः सभासद् सिद्धिकी
नेपालगन्जमा मुस्लिमहरुले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सभासद् सिद्धिकीले मधेश, मुस्लिम, थारु, जनजाति, आदिवासी, पहाडीलगायत नेपालमा बसोवास गर्ने सम्पूर्ण जातजाति, समुदाय नेपाली जाति भएको र नेपाली भएकामा गर्व गर्न सबैलाई आग्रह गरे ।
मुस्लिमहरुलाई मधेशीमा सूचीकृत गर्ने विभिन्न चलखेल भइरहेको भन्दै मुस्लिमहरुको आफ्नो छुट्टै पहिचान भएकाले मधेशीमा सूचिकृत गर्न नहुनेमा उनले जोड दिए ।
मुस्लिम अगुवा मुफ्ती लियाकत अली खानले मुस्लिमहरु मधेशी हुन् भनेर अङ्कुश लगाउन खोजे आफूलाई मान्ने नहुने र सोको कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिए ।
कार्यक्रममा मुस्लिम समुदायका अगुवाहरुले राष्ट्रियता, लोकतन्त्र, मानवता र समाजवादमा विश्वास गर्ने यो समूदायको लोकतान्त्रिक संविधानप्रति आशा र विश्वास रहेको बताएका थिए ।
रासस
