समाचारआइतबार, आषाढ २९, २०७१

कर्मचारीको तलब बढ्ने

हिमालखबर

अर्थमन्त्री रामशरण महतले आज अपराह्न गर्ने यस वर्षको बजेट भाषणमा निजामति कर्मचारीको तलब १४ प्रतिशत बढाउने प्रस्ताव गरिएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ।

निर्वाचन क्षेत्रलाई १ करोड
यसैगरी प्रत्येक निर्वाचन क्षेत्रका लागि सरकारले एक करोड रुपैयाँ विनियोजन गरेको छ। सांसदहरुले यो रकम पाँच करोड हुनुपर्ने माग गर्दै आएकोमा त्यसको विरोध भएपछि अर्थमन्त्रीले सभासदहरुसँग छलफल गरी १ करोडमा सहमति गरेका हुन् ।

कर्मचारीको तलब बढाउने र प्रत्येक निर्वाचन क्षेत्रमा एक करोड दिनुपर्ने भएपछि राष्ट्रिय योजना आयोगले पाँच खर्ब ९६ अर्बको सीमा तोकेको बजेट सीमाभन्दा बाहिर गएको छ।

२९ असारमा अर्थमन्त्री रामशरण महतले आर्थिक वर्ष २०७१र७२ का लागि ६ खर्ब २३ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्दैछ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>