समाचारबुधबार, आश्विन ३, २०६९
सहमति नभए निर्वाचनमा जानुपर्ने सत्तारुढ गठबन्धनको निर्णय
प्रधानमन्त्रीनिवास बालुवाटारमा ३ असोजमा बसेको एमाओवादी र मोर्चाको बैठकले विषयगत समितिको सुझावअनुसार प्रमुख दलहरुबीच सहमति हुन नसके नयाँ निर्वाचनमा जानुपर्ने निष्कर्षनिकालेको हो । बैठकले संविधानका विवादित विषयमा सहमति नजुट्दासम्म संविधानसभा पुनःस्थापना गर्न नसकिने निर्णय गरेको बैठकमा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।
ठाकुरले प्रदेशको सङ्ख्या १० देखि १४ सम्म हुनुपर्नेमा सहमति भएको बताए । संविधानसभा अन्तर्गतको राज्य पुनःसंरचनासम्बन्धी विषयगत समितिको प्रतिवेदनलाई आधार मानेर सङ्घीय राज्यको सङ्ख्या निर्धारण गर्नुपर्नेमा एमाओवादी र मधेसी मोर्चाको मतैक्यता रहेको देखिएको छ ।रासस
