समाचारआइतबार, आषाढ २९, २०७१
रमेश खरेललाई हटाएर कार्कीलाई ल्याइयो
प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेललाई काठमाडौंबाट प्रधान कार्यालयको कार्यविभागमा सरुवा गरेको छ। खरेलको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरोका (सिआइबी) का एसएसपी उत्तम कार्कीलाई ल्याइएको छ ।
‘बढुवाका लागि डिआइजीहरु ब्रिफकेस बोकेर शक्तिकेन्द्र धाउने गरेको’ भन्ने अभिव्यक्ति दिएपछि खरेल एक महिनाअघि प्रहरी प्रधान कार्यालय तानिएका थिए ।
तर, काठमाडौं क्षेत्र नम्बर २ को उप–निर्वाचनका कारण निर्वाचन आयोगले उनको सरुवा अस्वीकृत गरेपछि उनलाई विदामा पठाइएको थियो ।
विदामा बसेका खरेलको विदा सकिएपछि २९ असारमा उनको सरुवा भएको हो ।
त्यस्तै प्रधान कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालयमा डिआइजी विज्ञानराज शर्मालाई ल्याएको छ भने त्यहाँका डिआइजी विश्वराज सिंह शाहीलाई आइजीपी सचिवालयमा लगेको प्रहरी प्रवक्ता गणेश केसीले जानकारी दिए ।
सिआइवीको प्रमुखमा डिआइजी हेमन्त मल्ल लगिएका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखामा एसएसपी पुष्कर कार्की नियुक्त भएका छन् ।
एसएसपी खरेलको हेडक्वार्टरमा सरुवा
आयोगले रमेश खरेलको सरुवा रोक्यो
