समाचारसोमबार, आषाढ ३०, २०७१
केन्द्रीय सदस्यको मतगणना शुरु
नेकपा एमाले नवौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन मतगणना अन्तर्गत तीनवटा बुथको पदाधिकारीको मतगणना सकिएपछि ती बुथहरुको केन्द्रीय सदस्य मतगणना शुरु गरिएको छ ।
३० असार रातभर नै मतगणना जारी राखेर ३१ असारमा परिणाम घोषणा गरिने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । केन्द्रीय सदस्यहरुको मतगणना थालिएपछि पदाधिकारीको मत परिणाम कुरेर बसेका कार्यकर्ताहरु अन्यौलमा परेका छन् ।
आयोगका अनुसार दोस्रो र तेस्रो बुथबाट केन्द्रीय सदस्यहरुको मतगणना सकिएपछि पदाधिकारीको चौथो बुथको मतगणना कार्य शुरु हुनेछ ।
