समाचारमंगलबार, आषाढ ३१, २०७१

एमालेमा चौंथो बुथको मतगणना शुरु

हिमालखबर

राजधानीस्थित दशरथ रंगशालामा तेस्रो दिन ३१ असारमा मतगणना शुरु भएको छ । ३० असार राति स्थगित भएको मतगणना ३१ असार बिहानदेखि शुरु भएको हो ।

अहिले चौंथो बुथको मतगणना शुरु भएको योगेश भट्टराईले जानकारी दिए । एमालेमा चौंथो बुथको मतलाई निर्णायक मानिएको छ ।

३० असार रातिसम्मको मतगणना अनुसार अध्यक्षमा माधवकुमार नेपालले ६४१ र केपी शर्मा ओलीले ५९४ मत ल्याएका छन् ।

पछिल्लो मत परिणामः

अध्यक्ष
केपी ओली————– ५९४            माधव नेपाल———६४१

उपाध्यक्ष

वामदेव गौतम———–६३६         भीम रावल————-६९०
विद्या भण्डारी————६२०          युवराज ज्ञवाली———–६८७
प्रदीप नेपाल————-५६१          अष्टलक्ष्मी शाक्य——–६७३
धर्मनाथप्रसाद साह——-५३९      लालबावु पण्डित———६५८
किरण गुरुङ————–-५७२       राजेन्द्रप्रसाद पाण्डे——-६६३

महासचिव
ईश्वर पोखरेल————५८७         सुरेन्द्र पाण्डे———–६६२

उपमहासचिव
विष्णु पौडेल————-६१८         रघुजी पन्त———–६३२

शंकर पोखरेल————५९१        घनश्याम भुसाल——६९४

सचिव
प्रदीप ज्ञवाली————६४२             गोकर्ण विष्ट———–७७६
विष्णु रिमाल————५७१           योगेश भट्टराई——–६८७
पृथ्वी सुब्बा गुरुङ——–५८२           बेदुराम भुसाल———६३१
रघुवीर महासेठ———-५३२           पर्शुमेघी गुरुङ———-६६२
केशवलाल श्रेष्ठ———-५०५           भीम आचार्य———–६६४

एमालेमा १४ पदाधिकारीसहित १५८ सदस्यका लागि ३३५ जना चुनावी प्रतिस्पर्धामा छन् । माधवकुमार नेपाल र केपी शर्मा ओलीको प्यानलबीच तीब्र प्रतिस्पर्धा छ । १७ जना स्वतन्त्र उम्मेदवार छन् । निर्वाचनमा २ हजार १७६ जना प्रतिनिधिमध्ये २ हजार १५२ जनाले मतदान गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>