समाचारबिहीबार, आश्विन ४, २०६९

पूर्वराजाको भ्रमणविरुद्ध दलको विरोध प्रदर्शन

हिमालखबर

पर्वतका १० राजनीतिक दलहरूले भ्रमणको विरोध गर्दै बिहान कुस्माबजारको शिवालयचोकमा कोणसभा गरे । कोणसभामा बोल्ने नेताहरूले पूर्वराजालाई भ्रमण रोक्न आह्वान गर्दै जबरजस्ती भ्रमण गरेमा अवरोध गर्ने चेतावनी दिए ।
पूर्वराजाले सङ्क्रमणकालको फाइदा उठाएर धर्मका नाममा भीड जम्मा गर्ने र प्राप्त उपलब्धि खोस्ने षडयन्त्र गरेको उनीहरूको आरोप छ ।

कोणसभामा एकीकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज नेत्र अधिकारी, नेकपा एमालेका जिल्ला अध्यक्ष विकास लम्साल, नेकपा–माओवादीका राज्य समिति सदस्य हरि पौडेल, नेकपा एकीकृतका जिल्ला सचिव तेजेन्द्र पौडेललगायतले सम्बोधन गरेका थिए ।
पर्वतका धार्मिक र पर्यटकीय क्षेत्रको भ्रमणका लागि ज्ञानेन्द्र शाह शनिबार पर्वत आउने कार्यक्रम तय भएको छ । पूर्वराजाले पर्वतको सदरमुकाम कुस्माबजारस्थित गुप्तेश्वर गुफा र गायत्री मन्दिर दर्शन गर्ने कार्यक्रम छ ।
भ्रमणको विरोध गर्ने दलहरुले पूर्वराजा ज्ञानेन्द्रको भ्रमण कार्यक्रमा सरिक नहुन र सक्रिय रूपमा बहिस्कार गर्न कार्यकर्तालाई आह्वान गरेका छन् । दलहरूले पूर्वराजाको भ्रमणमा सरकारी सम्पत्तिको दुरुपयोग हुन नदिन प्रमुख जिल्ला अधिकारी र सरकारी कार्यालयलाई समेत ध्यानाकर्षण गराएका छन् ।

यसैबीच राप्रपा नेपाल पर्वतले भने राजाको भ्रमणमा सक्रिय हुन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>