थप समाचारबुधबार, आषाढ ३२, २०७१
टेम्पु दुर्घटनामा २ को मृत्यु, ८ घाईते
रक्सौलबाट वीरगञ्ज आउँदै गरेको ना १ ह ४३२ नम्बरको टेम्पोलाई वीरगञ्ज नगवाको बाईपासमा ना ३ ख ३९२५ नम्बरको ट्रकले ठक्कर दिंदा टेम्पोमा सवार वीरगञ्ज नगवाका टेम्पो चालक मंसुर देवान र भारतको हैदराबादका ८ वर्षीय बालक रामनारायणको घटनास्थलमै मृत्यु भएको छ ।
टेम्पोमा सवार सर्लाहीका कुलेश्वर मुखिया बिन, झगडु माझी, रामचन्द« माझी, शिव नारायण, रामवीर राय, महोत्तरीका चन्देश्वर सदा र भारतको हैदरावादका तारा पदैया गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई नारायणी उपक्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचार का लागि काठमाडौं पठाईएको छ ।
टेम्पुलाई ठक्कर दिने ट्रकलाई प्रहरी दुई घण्टा पछि बाराको सिमराबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
बिम्मी शर्मा, वीरगञ्ज
