समाचारबिहीबार, साउन १, २०७१

एमाले खुला केन्द्रीय सदस्यमा थापा विजयी

हिमालखबर

उद्योगमन्त्री थापा एमाले खुला केन्द्रीय सदस्यमा विजयी भएका हुन् । ओली समूहका उनी ९९० मत पाएर विजयी भएका हुन् ।

३२ असार साँझ थापा पराजित भएको एमाले नेताहरुले बताएका थिए । विजयी भएका भनिएका ओली समूहकै गोपाल शाक्य भने पराजित भएका छन् ।

यस्तै, विजयी भएका भनिएका नेपाल समूहका नागेन्द्र चौधरी र ओली समूहका खिमलाल भट्टराईको मत बराबरी भएको छ । दुवैले ९८६ मत पाएका छन् । उनीहरुबीच गोलाप्रथा गरेर विजयी चुन्ने एमालेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले जित्नेहरुले आफूखुशी हिसाब निकाल्दै सार्वजनिक गर्दा त्रुटी भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>