थप समाचारशुक्रबार, साउन २, २०७१

हतियारसहित माओवादी पूर्व लडाकु पक्राउ

हिमालखबर

मनाङको कोदोबाट लमजुङतर्फ आउँदै गरेको जीपमा चेकजाँचको क्रममा १ साउन साँझ माओवादीका दुई पूर्व लडाकु पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रुकुमका नविन रोक्का मगर र उजिर रोक्का मगर छन् ।

धारापानी प्रहरी चौकीले चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट आधुनिक हतियार एके ४७ एक थान, १८ राउण्ड गोली, एक थान कटुवा पेस्तोल र एक थान चाइनिज पेस्तोल बरामद गरेको छ ।

कोदोबाट लमजुड फर्कदै गरेको अवस्थामा गाडी चेकजाँचका क्रममा पुर्व लडाकुले ढुड्गामुढासहित प्रहरीलाई आक्रमण समेत गरेका थिए । उनीहरुको आक्रमणबाट एक जना प्रहरी जवानको टाउकोमा चोट लागेको प्रहरीको भनाइ छ ।

एउटै जीपमा रहेका अन्य चार जना पूर्व लडाकुहरु भने फरार छन् । फरार हुनेहरुमा काभ्रेका विश्वास तामाङ, बिक्रम तामाङ, काठमाडौंका प्रेम लामा र पल बहादुर तामाङ रहेको प्रहरीले जनाको छ ।

सबै पूर्व लडाकुहरु स्वेच्छिक अवकास लिएकाहरु रहेको मनाङ प्रहरीले जनाएको छ । फरार सबैको खोजी तीब्र पारेको मनाडका प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले बताए ।

रेग्मीका अनुसार पक्राउ परेकाहरुले यार्सागुम्बा लुट्ने योजना बनाएर मनाङ पुगेर फर्किएको बताएका छन् । डोल्पामा यार्सागुम्बा लुटपाट भएपछि मनाङ प्रहरीले चेकजा“च तीब्र पारेको छ ।

युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>