समाचारशुक्रबार, साउन २, २०७१
पाँच सचिवको राजीनामा स्वीकृत
मन्त्रिपरिषद्को २ साउनको बैठकले सचिवहरु प्रतापकुमार पाठक, नथुराम चौधरी, गणेशराज जोशी, सुशीलकुमार घिमिरे र कृष्णहरि बास्कोटाले स्वेच्छिक अवकाशका लागि दिएको निवेदन स्वीकृत गरेको छ ।
बैठकले सरकारका तर्फबाट सुदूरपश्चिम ग्रामीण विकास बैंक र नेपाल ग्रामीण विकास बैंकमा शेयर तथा ऋण लगानी गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले जानकारी दिए ।
त्यस्तै बैठकले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकको जिम्मेवारी क्यानेडेली नागरिक पुबुदु दासानायकेलाई आगामी एक वर्षका लागि दिने निर्णय गरेको छ ।
बैठकले नेतृ सहाना प्रधानको स्वास्थ्योपचार खर्च बेहोर्न गरिएको प्रतिबद्धताअनुरुप रकम निकासा गर्न अर्थ मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।
रासस
