समाचारशुक्रबार, साउन २, २०७१

‘गोदार घटनामा संलग्नलाई कारवाही गर’

हिमालखबर

जवाफदेहिता निगरानी समितिको नेतृत्वमा नागरिक समाजका सदस्य र पीडित प्रतिनिधिहरुले कार्यवाहक प्रधानमन्त्री बामदेव गौतमलाई भेटी सशस्त्र हिंसाका बेला बेपत्ता बनाई हत्या गरिएका जनकपुरका पाँच युवाहरुको हत्यामा संलग्नलाई कार्वाहीको दायरामा ल्याउन फौजदारी न्याय प्रकृया तत्काल शुरुवात गर्न आग्रह गरेका छन् ।

२१ असोज २०६० मा बेपत्ता बनाई हत्या गरिएका धनुषाका संजीवकुमार कर्ण, दुर्गेश लाभ, जितेन्द्र झा, प्रमोदनारायण मण्डल र शैलेन्द्र यादव ।

उनीहरुले धनुषाको गोदारबाट उत्खनन् गरिएका युवाहरुको मानवअवशेष (अस्थिपञ्जर) सम्बन्धित परिवारलाई हस्तान्तरण गर्दा न्याय निरुपणका क्रममा आवश्यक पर्ने प्रमाणहरु नष्ट हुन नदिने साबधानीसहित मानव अधिकार आयोगको समन्वयमा हस्तान्तरण गर्न पनि आग्रह गरेका छन् ।

त्यसैगरी द्वन्द्वकालमा बेपत्ता पारिएका सम्पूर्ण पीडितहरुको स्थिति सार्बजनिक गरी पीडितलाई न्याय दिन र मानवअधिकार समुदायको सल्लाहमा पीडित परिवारलाई अन्तरिम राहत र मनोपरामर्श लगायत परिपूरणको उचित व्यवस्था गर्न पनि जवाफदेहिता निगरानी समितिले आग्रह गरेको छ ।

११ वर्षअघि २१ असोज २०६० मा धनुषाको जनकपुर–१० का संजीवकुमार कर्ण, दुर्गेश लाभ, जनकपुर– ४ का जितेन्द्र झा, कुर्था–१ का प्रमोदनारायण मण्डल र दुहबी ७ का शैलेन्द्र यादवलाई सुरक्षा टोलीले नियन्त्रणमा लिई वेपत्ता पारेको थियो ।

त्यसको दुई वर्षपछि मानवअधिकार आयोगको अनुसन्धान टोलीले धनुषाकै गोदार–३ को कमला नदी किनारामा पाँच युवाहरुको शव गाडिएको पत्ता लगायो ।

उक्त शव उत्खनन् गरी डीएनए परीक्षणका लागि हेल्सिन्की युनिभर्सिटी, फिनल्याण्ड पठाइएकोमा कमला नदी किनारमा फेला पारिएका मानवाशेष बेपत्ता पाँच युवाहरुकै भएको पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>