थप समाचारशनिबार, साउन ३, २०७१
दुर्घटनामा युवतीको मृत्यु
बनेपामा विपरीत दिशाबाट आएको मिनी ट्रक र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार युवतीको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्युहुनेमा काठमाडाैकी १६ वर्षीया सिमरन मान्नधर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
विपी राजमार्ग सडकखण्डको खनालथोक–४ मा स्थानीय मङ्गलटारबाट भकुण्डे भन्ने ठाउँमा आउँदै गरेको ना३ख १२५३ नं को मिनी ट्रक र धुलिखेलबाट मङ्गलटारतर्फ आउँदै गरेको बा६५प १२२३ नं को मोटरसाइकल ठोक्किएको थियो ।
मोटरसाइकल चालक काठमाडौँका १९ वर्षीय सौरभ श्रेष्ठ गम्भीर घाइते भएकाले उपचारका लागि न्यूरो अस्पताल काठमाडौँ लगिएको छ ।
रासस
