समाचारआइतबार, साउन ४, २०७१

रिले अनशन गर्दा गर्दै तीन मृगौला रोगीको मृत्यु

हिमालखबर

रत्नपार्कस्थित शान्तिबाटीकामा अनशनमा बसेका तीन जनाको मृत्यु भएपनि सरकार नागरिक समाज, अधिकारकर्मी र सरोकारवाला संघसंस्थाले कुनै चासो देखाएका छैनन् ।

अनशनका क्रममा मृगौला पीडित श्याम खड्गी (काठमाडौं)को असार ३ गते, श्याम खत्री क्षेत्री (ललितपुर) को असार १६ गते र नातीभाइ डंगोल (काठमाडौं) को असार ३० गते मृत्यु भएको समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

सम्पूर्ण मृगौला रोगीलाई निशुल्क रक्तशुद्धिकरण (डायलासिस) सेवा निरन्तर दिनुपर्ने र आर्थिक अवस्था अत्यन्त कमजोर भएका रोगीका लागि मृगौला प्रत्यारोपण र औषधिको व्यवस्था निशुल्क उपचार गरिदिनुपर्ने लगायतका ७ सूत्रीय माग राखेर उनीहरु २७ जेठदेखि अनशनमा छन् ।

माग पूरा नभए आत्मदाह गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>