समाचारआइतबार, साउन ४, २०७१
मुद्दा फर्छ्योटमा अवकाशप्राप्त न्यायाधीश वस्ती नै अब्बल
समायावधि थप नभएका कारण गत २६ चैतबाट सेवानिवृत्त भएका सर्वोच्च अदालतका तत्कालिन अस्थायी न्यायाधीश प्रकाश वस्तीले आर्थिक वर्ष २०७०÷०७१ मा ११.५१ प्रतिशत (दुई हजार १०७ वटा) मुद्दा फछ्र्योट गरेको अदालतको वार्षिक प्रकाशनमा उल्लेख छ ।
सर्वाेच्च अदालतले प्रकाशित गरेको वार्षिक मुद्दा फछ्र्योट विवरणमा अवकाशप्राप्त अस्थायी न्यायाधीश वस्तीपछि न्यायाधीश सुशीला कार्कीले ७.२१ प्रतिशत र अर्का न्यायाधीश कल्याण श्रेष्ठले ६.५० प्रतिशत मुद्दा किनारा लगाएको उल्लेख छ ।
यसअघि अघिल्लोपटक माघ २०६५ मा अस्थायी न्यायाधीशमा नियुक्त भएका न्यायाधीश वस्ती नै सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्ने न्यायाधीशमा गनिएका थिए ।
यसैबीच सर्वोच्चमा गत आर्थिक वर्षमा दर्ता भएका र जिम्मेवारी सरिआएका जम्मा २४ हजार ६८२ मुद्दामध्ये २४ प्रतिशत (५ हजार ९२५) मुद्दा फछ्र्यौट भएको सहायक प्रवक्ता बाबुराम दाहाल जानकारी दिएका छन् ।
दाहालका अनुसार अघिल्लो आवका २० हजार ८२५ मुद्दामध्ये २१ प्रतिशत (४ हजार ३५९ मुद्दा फछ्र्योट भएको थियो ।
रासस
