थप समाचारसोमबार, साउन ५, २०७१
४ दिनमा ८ को मृत्यु
सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय दिपायलका अनुसार बाढीबाट सबैभन्दा बढी पाँच जना, पहिरोबाट दुई जना र भीरबाट खसेर एक जनाको मृत्यु भएको हो । बाढी आएको नदी र खोलामा बगेर कञ्चनपुरका दुई जना, कैलालीका एक जना, डोटीका एक जना र डडेल्धुराका एक जनाको मृत्यु भएको छ ।
घाँस काट्दै गरेका बेला भीरबाट चिप्लेर बझाङका एक जना र पहिरोमा पुरिएर बैतडीका दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । १ साउनदेखि ४ साउनसम्मको अवधिमा ती घटना भएका हुन् ।
चर दिनको अवधिमा बाढीबाट ६०० भन्दाबढी परिवार डुबानमा र ३०० भन्दा बढी परिवार विस्थापनमा परेका छन् ।
रासस

