समाचारसोमबार, साउन ५, २०७१

काठ चोर्ने ६ प्रहरीलाई गाउँलेले समाते

हिमालखबर

बारामा अवैध काठ चोरी गरिरहेका दुई जना असई र एक हवल्दारसहित ६ प्रहरीलाई गाउँलेले नियन्त्रणमा लिएका हुन् । बाराको गढीमाई नगरपालिका–३ स्थित प्रहरी पोष्ट रामवन र स्थानीयबासिन्दाले ४ साउन राति काठ तस्करी गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएका हुन् ।

रामवनमा डकैतीका घटनाहरु बढ्न थालेपछि रात्री गस्ती गरिरहेका प्रहरी पोष्ट रामवनका इन्चार्ज प्रहरी हवल्दार नारायणबहादुर भण्डारी नेतृत्वको टोलीसहित स्थानीयबासिन्दाले काठ तस्करी गरिरहेको अवस्थामा ट्रयाक्टर, इलाका प्रहरी कार्यालय सिमराको प्रहरी भ्यान र तस्करीमा संलग्न प्रहरीलाई नियन्त्रणमा लिएका जनाएका छन् ।

प्रहरीले नै तस्करी गरेको काठ नियन्त्रणमा लिँदै स्थानीयबासिन्दाल । तस्वीरः श्याम गुप्ता

गाउँलेले इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत असईहरु सगिर अहमद र धर्मेन्द्र गिरी, हवल्दार चेतबहादुर थापा, प्रहरी जवानहरु संदिप कोईराला, आकाश गुरुङ र भीम रोकाया छन् । उनीहरुलाई नियन्त्रणमा लिएर ५ साउन बिहान पर्सा बन्यजन्तु आरक्षमा बुझाएको मुसहर्नीमाई सामुदायिक वनका अध्यक्ष मेघराज सुवेदीले बताए ।

पर्साको चोर्नी गाबिसबाट ना.२.त.३८५० नम्बरको ट्रयाक्टरमा लोड गरी सिमरातर्फ ल्याउँदै गरेको अवस्थामा गाउँलेले ३५.६८ क्युफिट सालको काठ पनि नियन्त्रण लिएका छन् । ट्रयाक्टरलाई स्कर्टिङ गरिरहेको अवस्थामा स्थानीयले ईलाका प्रहरी कार्यलय सिमराको ना.१.झ.१३३२ नम्बरको प्रहरी भ्यान पनि नियन्त्रणमा लिएका थिए ।

जिल्ला प्रहरी कार्यालय कलैयाले तस्करीमा संलग्नमध्ये दुई असई र एक हवल्दारलाई ५ साउनमै निलम्बन गरेको जनाएको छ । प्रहरी उपरीक्षक इश्वरबाबु कार्कीले कानुन विपरित कार्यमा संलग्न रहेको भेटिएकाले उनीहरुलाई निलम्बन गरेको बताए ।

श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>