समाचारमंगलबार, साउन ६, २०७१

१४ लाख भारु र डेढ किलो यार्सासहित ७ पक्राउ

हिमालखबर

तस्वीर सौजन्य: जिल्ला प्रहरी कार्यालय बाँके

जिल्ला प्रहरी कार्यालयको टोलीले नेपालगञ्ज—५ स्थित बडिकालिका होटलबाट १४ लाख ४१ हजार ५०० भारतीय रूपैयाँ र साढे एक किलो यार्सागुम्बासहित सात जनालाई ६ साउन साँझ पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिएका छन् ।

सुराकीको आधारमा यार्सागुम्बाको कारोबार गरिरहेको अवस्थामा पक्राउ गर्न पुगेका प्रहरी जवान पूर्णबहादुर महतरालाई कारोबारीले कुटेका थिए । त्यसपछि थप प्रहरी परिचालित भई उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

पक्राउ पर्नेहरूमा कालीकोट थ्रिपु— ५ का जग्गबहादुर रोकाया र मानबहादुर रोकाया,  कालिकोट पैंक- ५ घर भई नेपालगञ्ज बस्ने विरेन्द्र आरसी,  जुम्ला कालीकाखेतु—३ का विष्णुप्रसाद जैसी र पुरन जैसी, कालीकोट सियाखाला—६ का दीपनाथ योगी र होटेल सञ्चालक कैलालीका नरेश माझी छन् ।

उनीहरूको साथबाट प्रहरीले नेपाली रूपैयाँ एक हजार १२० पनि बरामद गरेको जनाएको छ ।

यार्सा संकलन र निकासीका लागि सम्बन्धित निकायमा तोकिएको राजश्व दस्तुर बुझाएर छुट पूर्जी लिनु पर्ने कानूनी व्यवस्था छ ।
तुफान न्यौपाने, नेपालगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>