समाचारशनिबार, आश्विन ६, २०६९
सत्तापक्षीय मोर्चाले वार्ता अगाडि बढाउने
गठबन्धनका संयोजक एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले राजनीतिक अन्योलको निकासका लागि राष्ट्रिय सहमतिबाट अघि बढ्न वार्ता र छलफललाई प्राथमिकताका साथ अघि बढाउने निर्णयगरेको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिहंले बताए । उनले निर्वाचनका लागि जनपरिचालन गर्न देशका पाँच विकास क्षेत्रमा आमसभा गर्ने जानकारी दिए ।
त्यस्तै बैठकले १७ देखि २६ असोजसम्ममा बिराटनगर, जनकपुर, पोखरा, नेपालगन्ज र काठमाडौँमा गठबन्धन दलको संयुक्त आमसभा गर्ने निर्णयगरेको छ ।
सो गठबन्धनमा एमाओवादी,मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, तर्राई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, फोरम गणतान्त्रिक, सङ्घीय सदभावना पार्टी, तमलोपा नेपाललगायत सरकारमा सहभागी र सरकार बाहिरका दलहरु आबद्ध रहेका छन् ।
बैठकमा एमाओवादीका उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टर्राई, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, फोरम, गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, सद्भावनाका अध्यक्ष राजेन्द्र महतोलगायतका पार्टी अध्यक्षको सहभागिता थियो । रासस
