थप समाचारबुधबार, साउन ७, २०७१
बसमा ढुङ्गा खस्दा वृद्धको मृत्यु
तानसेनबाट बुटबलतर्फ जाँदै गरेको लु १ ख ७४४६ नम्बरको यात्रुबाहक बसमा माथिबाट ढुङ्गा खस्दा बसमा सवार पाल्पा छहरा–२ का गव्रेरसिंह दर्जी घाइते बनेका थिए । घाइते दर्जीलाई उपचारका लागि तानसेन ल्याइँदै गर्दा बीच बाटोमै मृत्यु भएको हो ।
पहरोबाट खसेको ढुंगा बसभित्र छिर्दा दर्जीको टाउकोमा चोट लागेको थियो । उनी काठमाडौँ जान हिँडेको उनका आफन्त पाण्डव शाहीले बताए ।
